खेलाडीहरुको मनोबल बढाउन सरकारले ध्यान दिने: मन्त्री गहतराज

रेडियो कान्तिपुर संवाददाता

कार्तिक ७, २०७८

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले खेलाडीहरुको मनोबल बढाउन सरकारले ध्यान दिने बताउनुभएको छ । युवा तथा खेलकुद मन्त्रालयमा आज आयोजित विदाई कार्यक्रममा बोल्दै मन्त्री गहतराजले खेलाडीहरुको मनोबल बढाउन व्यवस्थापकीय कुराहरुमा मन्त्रालयले ध्यान दिने बताउनुभएको हो । 

उहाँले खेलाडीहरुको मनोबल बढाउनका लागि मन्त्रालयले नयाँ तरिका र नयाँपन अपनाइरहेको जिकिर गर्नुभयो । मन्त्री गहतराजले खेलाडीलाई नेपाली माटो र गौरव गाथालाई सम्झिएर खेल्न आग्रह समेत गर्नुभयो । अक्टोबर २६ देखि ३१ तारिखसम्म बंगलादेशको ढाकामा हुने पाँचौं सेन्ट्रल साउथ एशियन आर्टिस्टिक जिम्न्याष्टिक च्याम्पियनशीपमा सहभागिता जनाउन १२ खेलाडीसहित २१ सदस्यीय टोली भोली ढाका प्रस्थान गर्दैछ । 


प्रतिक्रिया