एपीएफ अन्तिम चारमा

कार्तिक १२, २०७८ | विराटनगर

सशस्त्र प्रहरी बलको (एपीएफ) शुक्रवार चौथो बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । उसले पाहुना टोली भारतको रोयल फुटबल क्लव सिलिगुडीमाथि ५–० गोलको फराकिलो जित निकाल्दै अन्तिम चारको यात्रा गरेको हो ।

एकपक्षीय खेलमा एपीएफले खेलको २२ औ मिनेटवाट आवास लामिछानेको गोल मार्फत खाता खोल्दा आशिष लामाले दुईु प्रदीप लामा र सविन गुरुङले एक एक गोल थप्ले टिमका लागि फराकिलो जित निकाले ।

खेलमा एपीएफका आशिष लामा म्यान अफ द म्याच हुँदै ५ हजार नगद पुरस्कार थापो । शनिवार हिमालयन शेर्पा क्लव काठमाण्डौ र गाइघाट फुटवल क्लव उदयपुर बीच तेस्रो खेल हुने छ ।


प्रतिक्रिया