कर्पोरेट ब्याडमिन्टनमा सहभागी हुने खेलाडीको नाम सार्वजनिक

रेडियो कान्तिपुर संवाददाता

मंसिर ८, २०७८ | काठमाडौं

काठमाडौं टिम च्याम्पियनसिप २०२१ कर्पोरेट आमन्त्रण ब्याडमिन्टनमा सहभागी हुने खेलाडीको नाम सार्वजनिक भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा आयोजक काठमाडौं ब्याडमिन्टन एकेडेमीले वरीयता अनुसार शीर्ष आठमा परेका खेलाडीहरुको नाम सार्वजनिक गरेको हो । 

प्रतियोगिता पुस ६ देखि ९ गतेसम्म त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा हुनेछ ।  पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ, एपीएफका दिपेश धामी, भोजपुरका विकास श्रेष्ठ, एपीएफका साजन ताम्राकार, नेपाल पुलिसका विष्णु कटुवाल, धादिङका सुदिप सेढाई, नेपाल पुलिसका दिपक बोहरा र आर्मीका नविन श्रेष्ठ वरियताको शीर्ष आठमा रहेका छन् ।

 उनीहरुले प्रतियोगितामा सहभागिता जनाउने छन् । यता महिलातर्फ शीर्ष आठ वरीयतामा शीर्ष चारमा आर्मीका चार खेलाडी नङशल तामाङ, अमिता गिरी, अनुमाया राई र रशिला महर्जन रहेका छन् । त्यसैगरी, एपीएफका जेसिका गुरुङ र शोभा गौचन पााचौ र छैटौं वरीयतामा रहेका छन् । 

एपीएफकै सुनैना मुखिया र भोजपुरकी सिता राई सातौं र आठौं वरीयतामा रहेका छन् । तर जेसिका र सिताले प्रतियोगितामा सहभागिता नजनाउने भएपछि नवौं वरीयताकी सिमा राजवंशी र दशौँ वरीयताकी सम्झना शर्माले खेल्नेछन् । सिमा मोरङकी हुन भने सम्झना बाँकेकी हुन् ।

 खेलाडीहरुको खेल्ने टिमको घोषणा भने पछि हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया