’ए’ डिभिजन लिग फुटबलमा तेस्रो चरणको खेल सुरु हुदै

रेडियो कान्तिपुर संवाददाता

मंसिर १७, २०७८

सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल अन्तर्गत तेस्रो चरणको खेलहरु आजबाट सुरु हुदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज तेस्रो चरणको दुई खेलहरु हुनेछन् । पहिलो खेलमा फ्रेन्ड्स क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । फ्रेन्ड्स र थ्री स्टारबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । आज दुबै टिम जित निकाल्ने योजनासहित मैदान उत्रने छन् । फ्रेन्ड्स आज पहिलो जितको खोजीमा हुनेछ । फ्रेन्ड्स २ खेलमा १ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

थ्री स्टार दोस्रो जितको खोजीमा रहनेछ । थ्री स्टार २ खेलमा ३ अंक जोडेर सातौं स्थानमा रहेको छ । यस्तै दोस्रो खेलमा सातदोबाटो युथ क्लब र एपीएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । सातदोबाटो र एपीएफबीचको खेल पौने ५ बजे बजे सुरु हुनेछ । आज दुबै टिम तीन अंक जोड्ने योजनामा हुने छन् ।

पहिलो पटक शीर्ष लिग खेलिरहेको सातदोबाटो २ खेलमा ४ अंक जोडेर छैटौं स्थानमा रहेको छ । सातदोबाटो आज दोस्रो जितको खोजीमा रहने छ । एपीएफ भने पहिलो अंक जोड्ने लक्ष्यमा हुनेछ । एपीएफले अघिल्ला दुई खेल गुमाएको थियो । अंक विहीन रहेको एपीएफ १३ औं स्थानमा रहेको छ ।


प्रतिक्रिया