सुदुरपश्चिम प्रदेश अण्डर–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश

रेडियो कान्तिपुर संवाददाता

मंसिर १७, २०७८ | काठमाडौं

सुदुरपश्चिम प्रदेश अण्डर–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बाग्मती प्रदेशलाई ८ विकेटले हराउँदै सुदुरपश्चिमले फाइनल यात्रा तय गरेको हो ।

 बाग्मतीले प्रस्तुत गरेको ९६ रनको लक्ष्य सुदुरपश्चिमले २३ दशमलब १ ओभरमा दुई विकेट गुमाएर पुरा गर्‍यो । सुदुरपश्चिमले ६ मध्ये ४ खेल जित्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । 

अब सुदुरपश्चिमले आईतबार हुने फाइनल खेलमा लुम्बिनी प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । लुम्बिनी भने यसअघि नै ६ मध्ये ५ खेल जित्दै फाइनलमा प्रवेश गरिसकेको छ । 


प्रतिक्रिया