शहिद स्मारक ए डिभिजन लिग : मनाङ र संकटाको बराबरी

रेडियो कान्तिपुर संवाददाता

मंसिर १८, २०७८ | काठमाडौं

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा संकटा र मनाङ मर्स्याङ्दी क्लवले २–२ गोलको बराबरी खेलेर अंक बाँडेका छन् । इन्ज्युरी समयमा मनाङका फ्रान्कलिन कोटेटालाले गोल गरेपछि खेल बराबरीमा टुंगिएको हो । यसअघि खेलमा संकटाका निरज बस्नेत र उत्तम राईले गोल गरेका थिए । खेलको ३५ औं मिनेटमा मनाङका  दयानन्दले गोल गरेका थिए ।

 जारी लिगमा मनाङको यो पहिलो बराबरी हो । यसअघि मनाङले जावलाखेल र हिमालयन शेर्पालाई पराजित गरेको थियो ।

आज हुने दोश्रो खेलमा च्यासल क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल साँझ पौने ५ बजे सुरु हुनेछ । तालिकाको ८ औं स्थानमा रहेको च्यासलले खेलेका २ मध्ये १ खेलमा जित र एकमा हार बेहोरेको छ ।

 एनआरटीले पनि २ खेल मध्ये १ मा हार र एकमा बराबरी गर्दै १२ औं स्थानमा रहेको छ ।  


प्रतिक्रिया