साफ अण्डर–१९ महिला राष्ट्रिय टोलीको घोषणा

मंसिर १९, २०७८

डिसेम्बर ११ देखि २२ सम्म बंगलादेशको ढाकामा आयोजना हुने साफ अण्डर–१९ महिला राष्ट्रिय टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । प्रतियोगितामा नेपालसँगै आयोजक बंगलादेश, श्रीलंका, भारत र भुटानले सहभागिता जनाउने छन् । 

राउन्ड रोविनका आधारमा हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक बंगलादेशसंग डिसेम्बर ११ मा, दोस्रो खेल श्रीलंकासंग १५ मा, तेस्रो खेलमा भुटानसंग १७ मा र तेस्रो तथा अन्तिम खेलमा भारतसंग डिसेम्बर १९ मा खेल्नेछ । शीर्ष दुईमा रहेने टोलीले डिसेम्बर २२ मा फाइनल खेल खेल्ने छन् ।


प्रतिक्रिया