लुम्बिनीलाई यू–१९ क्रिकेटको उपाधि

मंसिर १९, २०७८

अण्डर–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ । कीतिपुस्थित त्रिवि क्रिकेट मैदानमा आजको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई १ सय १३ रनले हराउँदै लुम्बिनीले उपाधि जितेको हो । सुदूरपश्चिमले टस जितेर फिल्डङ रोजेपछि ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ओभरको खेलमा अलआउट हुँदै सुदूरपश्चिम सामु २ सय १३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । 

जवाफि ब्याटिङ गरेको सुदूरपश्चिमले २८ दशशमलव ३ ओभरमा अलआउट हुँदै जम्मा ९९ रन जोड्यो । लुम्बिनीको जितमा कप्तान देव खनालले सर्वाधिक ७० रनको योगदान गरे । जितसंगै लुम्बिनीले २ लाख रुपैयाँ र उपविजेता बनेको सुदूरपश्चिमले १ लाख रुपैयाँ प्राप्त गरेको छ । राउन्ड रोविनका आधारमा भएको प्रतियोगितामा सातै प्रदेशले सहभागिता जनाएका थिए ।


प्रतिक्रिया