भोटेओडारलाई २९ औं त्रिवेणी कपको उपाधि

पुस २१, २०७८

पहिलो हाफको सुरुमै २ गोल गरेको बुद्ध युथ क्लव भोटेओडार लमजुङले २९ औं त्रिवेणी कप उचालेको छ । उपाधिसंगै बुद्ध भोटेओढारले ५ लाख रुपैयाँ र त्रिवेणी कप प्राप्त गर्दै स्वर्ण पदक र प्रमाणपत्र बटुलेको छ । बेंसीसहरको सहजीस्थित त्रिवेणी रंगशालामा आज भएको फाइनल खेलमा भोटेओडारले रक्षात्मक खेल्दा टोखा भवगती काठमाडौंले कुनै पनि नतिजा निकाल्न सकेन । उप विजेतामा सीमित बनेको। टोखा भगवतीले ३ लाख रुपैयाासंगै खेलाडीले रजतपदक र प्रमाणपत्र प्राप्त गरेको छ ।

बुद्धको जितमा जर्सी नं. ११ का सन्दीप रानामगरले खेलको ११ औं मिनेटमा पहिलो गोल गरेर टोलीलाई अग्रता दिलाए । त्यसको ४ मिनेटपछि १५ औं मिनेटमा विदेशी खेलाडी यन्निक अब्दुल्लाले दोस्रो गोल गरे । त्यसपछि निकै आक्रामक बनेको टोखा भगवतीले वुद्धको रक्षात्मक स्थितिलाई तोड्न सकेन । टोखा भगवतीले आक्रमण खेल्दा बुद्धले पनि गोल बढाउन सकेन । गतबर्ष कोरोना संक्रमणका कारण हुन नसकेको त्रिवेणी कप यसबर्ष पुस १२ गतेदेखि सुरु भएको थियो । प्रतियोगितामा १८ टोली सहभागि थिए । 


प्रतिक्रिया