आहा रारा गोल्डकपमा आज आर्मी र थ्री स्टार भिड्दै

माघ ११, २०७८

पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबलको अन्तिम क्वार्टरफाइनलमा आज नेपाली सेनाको त्रिभुवन आर्मी र ललितपुरको थ्री स्टार क्लबबिच प्रतिष्पर्धा हुदैछ । खेल पोखरा रंगशालामा दिउसो साढे २ बजे सुरु हुनेछ । आजको विजेताले सेमिफाइलमा मनाङ मस्र्याङदी क्लबसँग प्रतिष्पर्धा गर्नेछ । आर्मी र थ्री स्टार दुवै सिधै क्वार्टरफाइनल प्रवेश गरेका टोली हुन । यसअघि हिजो भएको तेस्रो क्वार्टरफाइनलमा साविक विजेता संकटा क्लबलाई ४–१ गोल अन्तरले हराउँदै मच्छिन्द्रले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

साहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । 


प्रतिक्रिया