पाकिस्तानका अफ्रिदी आईसीसी वर्ष उत्कृष्ट खेलाडी

रेडियो कान्तिपुर संवाददाता

माघ ११, २०७८

पाकिस्तानका तिव्र गतिका बलर शाहिन साह अफ्रिदी आईसीसी वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन । अफ्रिदीले अन्र्तराष्ट्रिय क्रिेकट काउन्सिल आइसीसीले प्रदान गर्ने सर गारफिल्ड सोबर्स ट्रफी फर दी आइसिसी प्लेयर अफ दी इयरको अवार्ड जितेका हुन । उनले २०२१ मा ३६ अन्र्तराष्ट्रिय खेलमा ७८ विकेट लिएका छन ।

अफ्रिदीले इंग्ल्याण्डका कप्तान जोए रुट, न्युजिल्याण्डका कप्तान केन विलियम्सन र पाकिस्तानका विकेटकिपर मोहमम्द रिजवानलाई पछि पार्दै आइसिसीको वर्ष सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितेका हुन । यस्तै पाकिस्तनकै ट्वान्टी ट्वान्टी तर्फ मोहम्मद रिजवान र एकदिवशीय तर्फ बाबर अजामले उत्कृष्ट खेलाडीको अवार्ड जिते ।

टेष्ट क्रिेकटर अफ दि इयरको ट्रफि भने इंग्ल्याण्डका कप्तान जोए रुटले हात पारे । महिलातर्फ भारतीय क्रिकेटर स्मृति मन्धना वर्षको सर्वोत्कृष्ट खेलाडी घोषित भइन ।


प्रतिक्रिया