आहा रारा गोल्डकप : मछिद्र र एपीएफबीच प्रतिष्पर्धा हुदै

माघ १२, २०७८

पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा मछिन्द्र फुटबल क्लब र नेपाल एपीएफ क्लबबीच प्रतिस्पर्धा हुदैछ । खेल अपरान्ह दिउँसो साढे २ वजे शुरु हुने आयोजकले जनाएको छ ।

आजको विजेताले फाइनलमा मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । साविक विजेता संकटा क्लबलाई ४–१ गोल अन्तरले हराएर मछिन्द्रले एपीएफसँगको भेट पक्का गरेको हो । एपीएफ भने बीवाईएससी मिनेसोटा युएसएलाई ३–१ गोल अन्तरले हराउादै अन्तिम चारमा प्रवेश गरेको हो ।

सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ ।


प्रतिक्रिया