बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण अन्यौलमा

चैत्र २५, २०७८

आर्थिक अभावका कारण बुढासुब्बा गोल्डकप फुटवल प्रतियोगिताको २३ औं संस्करणको मिति सारिएको छ । आयोजक धरान फुटवल क्लवले प्रतियोगिता संचालनको मिति सारेको जनाएपनि कहिले गर्ने हो त्यो भने बताएको छैन । 

आयोजक धरान फुटवल क्लवले गत फागुन १८ गते पत्रकार सम्मेलन गर्दै कोरोना महामारीका कारण गत बर्ष आयोजना हुन नसकेको बुढासुव्वा गोल्डकपको २३ औं संस्करण चैत २६ देखि बैशाख ३ गतेसम्म हुने घोषणा गरेको थियो । आयोजक क्लवका अध्यक्ष किशोर राईले विज्ञप्ती जारी गर्दै आर्थिक कठिनाईको कारण प्रतियोगिता सार्न बाध्य भएको जनाएका छन् । 

यसअघि आयोजक क्लबले प्रतियोगितामा नेपाल र भारतका ८ टिम सहभागी हुने र विजेतालाई नगद १० लाख रुपैया, उपविजेतालाई नगद ५ लाख दिने घोषणा गरेको थियो । 


प्रतिक्रिया