राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि आर्मीलाई

वैशाख ७, २०७९ | धनगढी

मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मी क्लबले जितेको छ । बुधबार भएको फाईनलमा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई हराउदै आर्मीले उपाधि जितेको हो ।

देशकै सर्वाधिक पुरस्कार राशीको मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको फाइनलमा आर्मीले एपिएफलाई ४०–१६ अंक अन्तरले हरायो । उपाधिसॅगै आर्मीले एक लाख ५० हजार पुरस्कार पाएको छ । प्रतियोगिताको उपविजेता एफिएफले ८० हजार प्राप्त गर्‍यो । सेमीफाईनल पुगेका दुई टोली सुदुरपश्चिम प्रदेश र लुम्बीनी प्रदेशले तेस्रो स्थान प्राप्त गरेका छन् । दुबै टोलीले ४०/४० हजार रुपैया प्राप्त गरेका छन् ।

सुदुरपश्चिम खेलकुद परिषद् मुख्य प्रबर्द्धक रहेको प्रतियोगिताका विजयी खेलाडीहरुलाई एक कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको छ । सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री गोविन्द वोहरा र प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दिपकवहादुर सिंहले पुरस्कार प्रदान गरेका हुन । कैलाली जिल्ला कवड्डी संघले प्रतियोगिता आयोजना गरेको हो ।


प्रतिक्रिया