पेरुलाई हराउदै अष्ट्रेलिया विश्वकपमा

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ३१, २०७९

कतारमा यसै वर्ष हुने विश्वकप २०२२ का लागि अष्ट्रेलिया छनौट भएको छ । कतारको दोहास्थित अहमेद विन अली स्टेडियममा गएराति भएको अन्तरमहादेशीय छनौटमा पेरुलाई पेनाल्टी सुटआउटमा ५ —४ ले पराजित गर्दै अष्ट्रेलियाले विश्वकपमा स्थान सुरक्षित गरेको हो । जितसँगै अष्ट्रेलिया विश्वकपमा छनौट हुने ३१ औ राष्ट्र बनेको छ ।

निर्धारित र थप गरिएको अतिरिक्त समयमा खेल गोलरहित बराबरीमा टुङगिएपछि पेनाल्टी सुटआउटमा गएको थियो । सब्स्यिुच्युट गरीएका गोलकिपर एड्रयु रेडमेनले पेरुका एलेक्स भालेराको अन्तिम प्रहार बचाएपछि अष्ट्रेलियाले विश्वकपमा स्थान सुरक्षितगरेको हो । अष्ट्रेलिया २००६ देखि लगातार ५ औ पटक विश्वकपमा स्थान बनाउन सफल भएको हो । अष्ट्रेलिया फ्रान्स, डेनमार्क र ट्युनीसीयामा रहेको गु्रप डीमा परेको छ । कोष्टारिका र न्युजिल्याण्डबिच आज हुने खेलमा विजेता हुने देशले विश्वकप खेल्ने अन्तिम टोलीको रुपमा स्थान बनाउनेछ । 


प्रतिक्रिया