नेपालले ओमानसँग खेल्दै

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ३१, २०७९

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाली टोलीले आज ओमानविरुद्ध प्रतिष्पर्धा गर्दैछ । अमेरिकाकको टेक्ससस्थित मोसा क्रिकेट मैदानमा नेपाल र ओमानबिचको खेल राति सवा ९ बजे सुरु हुनेछ । ओमान विरुद्ध मैदान उत्रिदा नेपाल सिरिजमा पहिलो जितको खोजीमा हुनेछ । त्रिकोणात्मक सिरिज अन्र्तगत पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो । गत शनिबार भएको नेपाल र अमेरिकाबिचको खेल बराबरीमा रोकिएको थियो ।

ओमान ३५ खेलमा ४४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । नेपाल १४ खेलमा १३ अंक जोडेर छैटौं स्थानमा रहेको छ । सिरिज अन्र्तगत नेपालले अन्तिम खेल बुधबार अमेरिका विरुद्ध खेल्नेछ । 


प्रतिक्रिया