इन्डोनेसियाविरुद्धको खेलमा नेपाल सान्त्वना जितको खोजीमा

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ३१, २०७९

एएफसी एसियन कप छनोटको अन्तिम खेलमा नेपालले आज इन्डोनेसियाविरुद्ध प्रतिष्पर्धा गर्दैछ । कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपाल र इन्डोनेसियाबीचको खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ । यसअघि लगातार दुई खेलमा पराजय भोगेको नेपालको एसियन कपमा पुग्ने सम्भावना समाप्त भएको छ । त्यसैले नेपाल आज सान्त्वना जितको खोजीमा हुनेछ । बुधबार भएको पहिलो खेलमा नेपाल जोर्डनसँग २–० ले पराजित भएको थियो भने शनिबार भएको दोस्रो खेलमा नेपाललाई आयोजक कुवेतले ४–१ गोल अन्तरले हराएको थियो । कुवेतलाई हराएको इन्डोनेसिया जोर्डनसँग भने पराजित भएको थियो ।

समूह ए मा रहेको नेपालमा अंक विहिन रहदै पुछारमा रहेको छ । इन्डोनेसिया २ खेलमा ३ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । समूहको शीर्ष टोलीले अर्को वर्ष हुने एसियन कपमा स्थान बनाउनेछ । 


प्रतिक्रिया