इङलिस प्रिमियर लिगको नयाँ सिजनको तालिका सार्वजनिक

रेडियो कान्तिपुर संवाददाता

असार २, २०७९ | काठमाडौं

इङलिस प्रिमियर लिगको नयाँ सिजनको तालिका सार्वजनिक भएको छ । कतार विश्वकप २०२२ का कारण सिजनको मध्यतिर विश्रामसहित हुने लिगको नयाँ संस्करण आगामी अगष्ट ५ बाट शुरु हुँदैछ । 

पहिलो दिन लिग विजेता म्यानचेष्टर सिटीले वेष्टह्याम युनाइटेडविरुद्ध अवे खेल खेल्नेछ । विश्वकपका दौरान नोभेम्बर १२–१३ देखि डिसेम्बर २६ सम्म लिगमा शीर्ष ६ भित्रका क्लवहरुको खेल हुनेछैन । नयाँ सिजनको पहिलो दिन क्रिष्टल प्यालेस र आर्सनल, लिभपुल र यसै सिजन प्रिमियर लिगमा बढुवा भएको फूलहम तथा न्युकासल युनाइटेड र नटिङघम फरेस्टबीच खेल हुनेछ । फरेस्ट १९९८–९९ पछि पहिलोपटक प्रिमियर लिगका बढुवा भएको हो ।

विश्वकप फुटबल नोभेम्बर २१ बाट शुरु भइ १८ डिसेम्बरमा सकिनेछ । फाइनलको एक साता अघि नै प्रिमियर लिगको यो सिजनका लागि दिइने विश्राम समाप्त हुनेछ । विश्रामको समयमा हुनुपर्ने खेललाई अंग्रेजी नयाँ वर्षसहितका केही मुख्य चाडपर्वमा पनि खेलाउने प्रस्ताव फुटबल संघको छ । 


प्रतिक्रिया