नेपालद्वारा कुवेतसामु १ सय ८ रनको लक्ष्य पेश

रेडियो कान्तिपुर संवाददाता

असार ४, २०७९ | काठमाडौं

मलेसियामा जारी एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपालले कुवेतसामु १ सय ८ रनको लक्ष्य पेश गरेको छ । कुवेतले टस जितेपछि व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७ रनको योगफल बनाएको हो । 

कप्तान रुविना क्षेत्रीले अविजित रही ३४ र इन्दू बर्माले २८ रनको योगदान गरेका थिए । त्यसबाहेक ज्योति पाण्डे १५, बिन्दू रावल ११, सीता मगर र काजल श्रेष्ठ ५/५ रनमा आउट भएका थिए । कुवेतले अहिले केहीबेरमा जवाफी इनिङ शुरु गर्दैछ । नेपालले हिजो पहिलो खेलमा भुटान माथि ५० रनको जित निकालेको थियो । च्याम्पियनसिपमा नेपाल समूह ’बी’ मा परेको टोली हो ।

 नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन छन् । यस्तै समूह ’ए’ मा मलेसिया, युएई, ओमान, कतार र सिंगापुर छन् । च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ । यस्तै नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ ।


प्रतिक्रिया