लिभरपुलले भित्र्यायो क्याल्भिन रामसे

रेडियो कान्तिपुर संवाददाता

असार ५, २०७९ | काठमाडौं

लिभरपुलले एबरडीनबाट स्कटल्याण्डका खेलाडी क्याल्भिन रामसेलाई अनुबन्ध गर्ने घोषणा गरेको छ । १८ वर्षीय रामसेलाई लिभरपूलले ५ वर्षका लागि अनुबन्ध गरेको हो । लिभरपुलले बेन्फिकाका डार्विन नुनेज र फुलह्यामका फाबियो कार्भाल्होपछि लिभरपूलले स्कटिस राइट ब्याक क्याल्भिन रामसेलाई एबरडीनबाट अनुबन्ध गरेको हो । 

 इङ्लिश क्लब लिभरपूलले रामसेलाई ४२ लाख पाउण्डमा भित्र्याएको हो । रामसे प्रि–सिजनका लागि जर्गेन क्लोपको पहिलो टोलीसँग सामेल हुने बताइएको छ । रामसेले गत सिजन एबरडीनका लागि ३३ खेल खेलेका थिए, जसमा एक गोल गरेका थिए र नौ वटा असिस्ट गरेका थिए । उनले स्कटिश प्रिमियरशिपका लागि पनि ३९ खेल खेलेका छन् । 


प्रतिक्रिया