एन्फाको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै

रेडियो कान्तिपुर संवाददाता

असार ६, २०७९

अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । काठमाडौंको बुढानिलकण्ठस्थित एक रिसोर्टमा शुरुवातमा उद्घाटन सत्र र त्यसपछि निर्वाचन प्रक्रिया अघि बढ्ने एन्फाले जनाएको छ । फुटबल संघको नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङ र राजिव पौडेल प्रतिस्पर्धामा छन् । मुख्य रुपमा शेर्पा र नेम्वाङबीच चर्को प्रतिस्पर्धा छ । दुवै जना प्यानल सहित चुनावी मैदानमा उत्रिएका छन् ।

अध्यक्षका प्रत्यासी राजिव पौडेलले अध्यक्षमा एकल उम्मेदवारी दिएका छन् । एन्फाको साधारण सभाले चार वर्षका लागि नया नेतृत्व चयन गर्नेछ । एन्फाको निर्वाचन प्रक्रियामा जिल्ला, राष्ट्रिय लिगमा छनोट मोफसलका चार क्लब, एन्फाका चार संघ, ए, बी र सी डिभिजन क्लब सहभागी छन् । जम्मा ८४ भोटरले एन्फा निर्वाचनमा मताधिकार पाएका छन् । जसमा ४४ जिल्ला, चार राष्ट्रिय लिगका क्लब, चार एन्फा संघ, ए डिभिजनका १४ क्लब, बीका ११ र सीका ९ क्लबले मत हाल्नेछन् । 


प्रतिक्रिया