नेपाल सेमिफाइनलमा

असार ६, २०७९

नेपाल मलेसियामा जारी एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । समुह चरणको तेस्रो खेलमा बहराइनमाथि ८ विकेटको जित निकालेको नेपाल एक खेल अगावै सेमिफाइनलमा पुग्न सफल भएको हो । वर्षाका कारण ७ ओभरमा छोट्टाईएको खेलमा बहराइनले १५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । 

नेपालले सो लक्ष्य ३ दशलमव ४ ओभरमा २ विकेट गुमाएर भेट्टायो । समूह ‘बी’ मा रहेको नेपाल तालिकाको शीर्ष स्थानमा छ । नेपालले ३ खेलबाट ६ अंक जोडेको छ । यसअघि नेपालले भुटानलाई ५० रन र कुवेतलाई २५ रनले पराजित गरेको थियो । नेपालले समुह चरणको अन्तिम खेलमा भोली हङकङसँग खेल्नेछ । च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोली महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछन् ।


प्रतिक्रिया