नेपालले हङकङसँग प्रतिष्पर्धा गर्दै

रेडियो कान्तिपुर संवाददाता

असार ७, २०७९

मलेसियामा जारी एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपालले समूह चरणको अन्तिम खेलमा आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ । किनरारा ओभलमा नेपालले चौंथो खेलमा हङकङको सामना गर्न लागेको हो । नेपाल र हङकङबीचको खेल बिहान १२ बजे सुरु हुनेछ । नेपाल लगातार तीन म्याच जितेर सेमिफाइनल पुगिसकेको छ भने हङकङ अंक तालिकाको दोस्रो स्थानमा रहेको टोली हो । हङकङलाई सेमिफाइनल प्रवेशका लागि आजको खेल महत्वपूर्ण छ । नेपाले हिजो बहराइनलाई ८ विकेटले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको थियो । 


प्रतिक्रिया