नेपाल महिला टी–ट्वान्टी एसियाकप क्रिकेट खेल्नबाट बञ्चित

असार १०, २०७९

नेपाल महिला टी–ट्वान्टी एसियाकप क्रिकेट खेल्नबाट बञ्चित भएको छ । एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र युएईबीचको खेल वर्षाका कारण स्थगित भएपछि नेपालले अघिल्लो चरण पुग्ने मौका गुमाएको हो । मलेसियाको किनरारा ओभलमा पहिलो ब्याटिङ्गमा उत्रिएको युएईले १९ दशलमव ५ ओभर खेलिसकेपछि खेल वर्षाका कारण प्रभावित हुन पुग्यो । 

वर्षाका कारण म्याच हुन नसक्ने भएपछि एसीसीले सेमिफाइनल रद्ध भएको घोषणा गरेको हो । एसीसीको नियम अनुसार समुह ए को विजेता टोली युएई सिधै फाइनलमा पुगेको छ । फाइनल पुग्ने दुई टोलीले महिला टी ट्वान्टी एसियाकप क्रिकेट खेल्ने नियम अनुसार नेपाल अन्तिम दुईमा पर्न नसकेपछि एसिया कप खेल्नबाट बञ्चित भएको हो । 

यसैबीच, दोस्रो सेमिफाइनलमा आज हङ्गकङ्गलाई १२ रनले हराउँदै मलेसिया फाइनलमा प्रवेश गरेको छ । च्याम्पियनसिपको फाइनल भोली हुनेछ । 


प्रतिक्रिया