नेपाली क्रिकेट टिमको क्यानडा अभ्यास भ्रमण छोट्याईयो

रेडियो कान्तिपुर संवाददाता

असार १२, २०७९

नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडामा गर्ने अभ्यास भ्रमण भिषा र टिकटको प्राविधिक कारण छोट्याउनु परेको छ । नेपालले क्यानडामा एउटा एकदिवसीय र दुई वटा टी–ट्वान्टी अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । खेलाडीको भिषा समयमा नआउँदा नेपालको एक खेल कम भएको हो । यसअघि दुईवटा एकदिवसीय र दुवईवटा टी–२० म्याच खेल्ने कार्यतालिका थियो । दिल्ली स्थित क्यानडाली दुतावासले खेलाडीको भिषा प्रक्रिया लम्ब्याएपछि एउटा एक दिवसी म्याच हटाईएको हो ।

यहि असार २७ बाट स्कटल्याण्डमा हुने त्रिदेशीय सिरिज अघि नेपालले क्यानडाको राष्ट्रिय टोलीसंग अभ्यास म्याच खेल्न लागेको टीम म्यानेजर विनोद दासले जानकारी दिए । आइसीसी विश्वकप लिग–टु को त्रिदेशीय श्रृंखलामा नेपाल, स्कटल्याण्ड र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ ।

अभ्यास म्याचका लागि राष्ट्रिय टोली पर्सि मंगलबार मात्रै क्यानडा जाँदैछ । नेपालले आगामी असार १७ मा क्यानडाको ओन्टारियोसँग एक दिवसीय अभ्यास खेल खेल्दा नेपालले क्यानडासँग असार २० र २१ मा दुई टी–ट्वान्टी खेल खेल्ने तालिका छ । यसैबीच, आईसीसी विश्वकप लिग–टु अन्तर्गत स्कटल्यान्डमा हुने सिरिज र क्यानडामा हुने अभ्यास खेलका लागि क्यानले १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ ।


प्रतिक्रिया