क्यान र सेभेन थ्री स्पोर्ट्सबीच भएको सम्झौता पुर्नविचार गर्न सरकारलाई सांसद बाँस्कोटाको आग्रह

रेडियो कान्तिपुर संवाददाता

असार १२, २०७९ | काठमाडौं

सांसद गोकुल बास्कोटाले नेपाल क्रिकेट संघ क्यान र भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्स बीच भएको सम्झौता बारे पुर्नविचार गर्न सरकारलाई आग्रह गर्नु भएको छ । प्रतिनिधीसभाको आजको बैठकमा उहाँले क्यानले भारतको सेभेन थ्री स्पोर्टस् प्राइभेट कम्पनी लिमिटेडको हातमा नेपाली क्रिकेटको जिम्मा सुम्पिएको भन्दै आपत्ति जनाउनुभयो ।

विदेशी कम्पनीले सम्पूर्ण आन्तरिक खेलहरूलाई बन्धक बनाउने कार्य अत्यन्तै घातक भएको भन्दै उहाँले यस विषयमा सरकारको ध्यानकर्षण गराउनुभयो ।

क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग क्यानको सबै अधिकार बेच्ने सम्झौता गरेको थियो । सो सम्झौतामा खेलाडी र खेल क्षेत्रको अधिकारमा टेकेर नीजि कम्पनीलाई दिएको भन्दै सो सम्झौता खारेज गर्न बास्कोटाले खेलकुद मन्त्रालयलाई आग्रह गर्नुभयो ।

खेल क्षेत्र राष्ट्रिय एकता, राष्ट्रिय संस्कृति, राष्ट्रिय आत्मविश्वास र आर्थिक क्षमताको पनि अन्तर्राष्ट्रिय जगतमा परीक्षण गर्ने, परिचय दिने र देशको गौरवमाथि उठाउने संस्था भएको उहाँले बताउनुभयो । 


प्रतिक्रिया