क्रिकेटर स्टोक्सले सन्यास लिदै

 फोटो सौजन्य: द इन्डियन एक्सप्रेस

श्रावण ३, २०७९ | लन्डन

इङल्याण्डका बेन स्टोक्सले साउथ अफ्रिकाविरुद्ध हुने वान डे क्रिकेटपछि सन्न्यास लिने भएका छन् । सन् २०११ मा आयरल्याण्ड विरुद्ध खेलेर टोलीमा डेब्यु गरेका ३१ वर्षीय स्टोक्सले एक दिवसीय क्रिकेटबाट सन्न्यास लिन लागेका हुन् । गत अप्रिलमा टेस्ट टोलीका कप्तान बनेका उनले ट्वान्टी ट्वान्टी र टेस्ट क्रिकेट भने खेल्नेछन् । अलराण्डर स्टोक्सले भनेका छन्– अहिले मेरा लागि क्रिकेटका तीन वटै फम्र्याट खेल्नु सम्भव भएन । सन् २०१९ मा न्युजिल्याण्डविरुद्धको विश्व कप फाइनलमा ८४ रन बनाएर म्यान अफ द म्याच भएका स्टोक्सले टोलीलाई वान डे क्रिकेटमा सफलता दिलाएको श्रेय जाने गरेको छ । इङल्याण्ड र साउथ अफ्रिकाबीचको वान डे म्याच आज हुँदैछ । 


प्रतिक्रिया