एफसी वुमन्स क्लब च्याम्पियनसिप खेल्न सावित्रा भारतमा

रेडियो कान्तिपुर संवाददाता

श्रावण २१, २०७९ | काठमाडौं

एएफसी वुमन्स क्लब च्याम्पियनसिप खेल्न राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी भारत गएकी छन् । उनले भारतीय क्लब गोकुलम केरेला एफसीबाट च्याम्पियनसिप खेल्न लागेकी हुन् । सावित्राले सो क्लवसँग एक वर्षका लागि सम्झौता गरेकी छन् । 

अर्को महिना काठमाडौंमा हुने साफ च्याम्पियनसिप अगाडी सावित्राले व्यवसायिक फुटबल खेल्ने अवसर पाएकी छन् । दुई वर्षअघि च्याम्पियनसिपमा केरेला एफसीका लागि सावित्राले १६ गोल गरेकी थिइन् । 


प्रतिक्रिया