फुलह्यामसँग लिभरपुलको बराबरी

रेडियो कान्तिपुर संवाददाता

श्रावण २१, २०७९ | काठमाडौं

इंग्लिस प्रिमियर लिग फुटबलको आफ्नो पहिलो खेलमा लिभरपुल बराबरीमा रोकिएको छ । आज भएको खेलमा लिभरपुलले नवप्रवेशी क्लब फुलह्यामसँग २–२ गोलको बराबरी खेलेको हो । लिभरपुलका लागि डार्विन नुनेज र मोहमद सलाहले एक–एक गोल गरे । 

फुलहमका एलेक्सान्डर मिट्रोभिचले दुबै गोल गरे । रोमान्चक खेलको ३२ औं मिनेटमा मिट्रोभिचले गोल गर्दै फुलह्यामलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ६४ औं मिनेटमा नुनेजले गोल गर्दै लिभरपुललाई १–१ गोलको बराबरीमा ल्याए । खेलको ७२ औं मिनेटमा मिट्रोभिचले पेनाल्टीबाट गोल गर्दै फुलहमलाई २–१ को अग्रता दिलाए । खेलको ८० औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई २–२ गोलको बराबरीमा ल्याए । इंग्लिस प्रिमियर लिग फुटबल सिजनको दोस्रो दिन आज अन्य ५ वटा म्याच हुँदैछ ।

 आजै राति हुने अर्को खेलमा टटनहम हट्सपर र साउथ ह्याम्पटनबीच प्रतिस्पर्धा हुनेछ । बर्नमाउथ र एस्टन भिल्ला, लिड्स युनाइटेड र ओल्भर ह्याम्पटनबीच खेल हुनेछ । नटिङहम फरेस्ट र न्युकासल युनाइटेडबीच प्रतिस्पर्धा हुँदा चेल्सीले एभर्टनसँग सिजनको पहिलो म्याच खेल्नेछ । 


प्रतिक्रिया