श्रीलंकामा हुने यू–१७ साफ च्याम्पियनसिपका लागि ४५ खेलाडी छनोट

रेडियो कान्तिपुर संवाददाता

श्रावण २२, २०७९ | काठमाडौं

अखिल नेपाल फुटबल संघ एन्फाले अर्को महिना श्रीलंकामा हुने यू–१७ साफ च्याम्पियनसिपका लागि ४५ खेलाडी छनोट गरेको छ । खुला छनोटमार्फत ७ सय भन्दा बढी खेलाडीबाट प्रारम्भिक चरणमा ६० खेलाडी छनोट गरेको एन्फाले १५ खेलाडी बाहिर राख्दै बन्द प्रशिक्षणमा ४५ खेलाडी छनोट गरेको हो । 

छनोटमा परेका खेलाडीहरुको बन्द प्रशिक्षण भोलीबाट सुरु हुने यू–१७ टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले जानकारी दिए । श्रीलंकामा अर्को महिना हुने यू–१७ साफ च्याम्पियनसिपका लागि अन्तिम टोलीको घोषणा चाँडै गर्ने उनले बताए । यस्तै, श्रीलंका जानु अघि युवा टोलीले घरेलु मैदानमा सिनियर टोलीसँग केही मैत्रीपुर्ण म्याच खेल्ने छन् । साफ च्याम्पियनसिप आगामी भदौ २० देखि २९ गतेसम्म श्रीलंकामा आयोजना हुँदैछ । नेपाल रहेको समूह बी मा भारत र भुटान रहेका छन् ।


प्रतिक्रिया