केन्यासँग हुने टी–ट्वान्टी र एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजका लागि १६ सदस्यीय टोलीको घोषणा

रेडियो कान्तिपुर संवाददाता

श्रावण २४, २०७९ | काठमाडौं

नेपाल क्रिकेट संघ क्यानले केन्यासँग हुने टी–ट्वान्टी र एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । क्यानले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो । यस्तै, चार खेलाडीलाई वैकल्पिक खेलाडीको रुपमा राखेको छ ।

नेपालले अर्को महिना केन्यासँग पाँच टी–ट्वान्टी अन्तर्राष्ट्रिय र तीन ओडिआई सिरिज खेल्दै छ । दुवै सिरिज केन्याको घरेलु मैदानमा हुनेछ । नेपालले भदौ ९ देखि १४ सम्म टी–ट्वान्टी सिरिज खेल्नेछ भने भदौ १७ देखि २० सम्म ओडिआई सिरिज खेल्ने तालिका छ । 

क्यानले हिजो मात्रै राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मनोज प्रभाकरलाई नियुक्त गरेको थियो । प्रभाकर अबको केही दिनमा नेपाल आउने क्यानका कार्यबहाक सचिव प्रशान्त मल्लले जनाकारी दिए । मुख्य प्रशिक्षक नेपाल आएपछि सिरिजका लागि छनोट भएका खेलाडीको बन्द प्रशिक्षण सुरु गर्ने क्यानले जनाएको छ ।


प्रतिक्रिया