अफगानिस्तानविरुद्ध आयरल्याण्डको जित

रेडियो कान्तिपुर संवाददाता

श्रावण २५, २०७९

घरेलु टोली आयरल्याण्डले अफगानिस्तानविरुद्धको पहिलो टी–ट्वान्टीमा ७ विकेटको जित हात पारेको छ । बेलफास्टमा गएराति भएको खेलमा जित हात पारेसँगै ५ खेलको टी–ट्वान्टी सिरिजमा घरेलु टोलीले १–० को अग्रता बनाएको छ । अफगानिस्तानले दिएको १ सय ६९ रनको लक्ष्य घरेलु टोलीले खेल १ बल बाँकी छँदै ३ विकेट गुमाएर पूरा गर्यो । आयरल्याण्डका लागि लुर्केन टुर्केर र एन्डी बलबेर्नीले अर्धशतकीय इनिङ्स खेले । कप्तान बलबेर्नीले ५१ तथा टुर्केरले ५० रन बनाए ।पउल स्ट्रलिङले ३१ तथा ह्यारी टेक्टरले अविजित २५ रन बनाए । अफगानिस्तानका मुजिब उर रहमान, कप्तान मोहम्मद नाबी तथा नभिन उल हकले समान १ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको भ्रमणकारी टोली अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो । अफगानिस्तानका उस्मान घानीले ५९ रनको इनिङ्स खेले । ईब्राहिम जद्रानले अविजित २९ तथा रमिउल्लाह गुर्बाजले २६ रन बनाए । आयरल्याण्डका लागि वारी म्याककर्थीले ३ तथा जर्जि ड्याकरोलले २ विकेट लिए । दोस्रो टी–ट्वान्टी म्याच भोलि हुनेछ । 


प्रतिक्रिया