बेन्जिमालाई अवार्ड

भाद्र १०, २०७९


स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड करिम बेन्जिमाले युइएफ प्लेयर अफ दि इयरको अवार्ड जितेका छन् । च्याम्पियन्स लिग फुटबलमा गत सिजन उत्कृष्ट खेलाडी बन्दै बेन्जिमाले अवार्ड जितेका हुन् । युरोपियन फुटबलको सर्वोच्च निकायले एक भव्य समारोहकाबीच बेन्जिमालाई अवार्ड प्रदान गर्‍यो । बेन्जिमाले म्यानचेस्टर सिटीका केभिन डे व्रुएन र रियलकै थिवाउट कोर्टुवाईसलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

महिलातर्फको प्लेयर अफ दि इयर अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले हात पारिन् । पुरुषको कोच अफ दि इयरको अवार्ड रियल मड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले जिते । एन्सेलोटीले गत सिजन रियललाई च्याम्पियन्स लिग र ला लिगाको उपाधि दिलाएका थिए । महिलातर्फको कोच अफ दि इयरको अवार्ड सरिना विग्मानले जितिन् ।


प्रतिक्रिया