बंगलादेशमाथि नेपाल ३-१ ले विजयी, अन्जन विष्टको ह्याट्रिक

रेडियो कान्तिपुर संवाददाता

आश्विन ११, २०७९

काठमाडौंको दशरथ रंगशालामा आज भएको नोपल र बंगलादेश बीचको मैत्रीपुर्ण खेलमा नेपाल ३—१ गोल अन्तरले विजयी भएको छ । नेपालका लागि फरवार्ड अन्जन विष्टले खेलको १८ औं मिनेटमा पहिलो गोल गरेका थिए । २७ औं मिनेटमा पुन दास्रो तथा ३९ औं मिनेटमा तेस्रो गोल गर्दै विष्टले ह्याट्रिक बनाए । 

खेलको ५५ औं मिनेटमा सजाद होसेको गोलबाट बंगलादेशले खेलमा पुनरागमान गरेको थियो । तर उनले गरेको गोल नेपाल सामु जितका लागि पर्याप्त हुन सकेन । आज भएको खेल संगै नेपाल र बंगलादेशले आपसमा २५ खेल खेलेका छन् । जसमध्ये बंगलादेशले नेपालविरुद्ध १२ खेलमा जित हात पारेको छ भने नेपालले ८ वटा म्याचमा बंगलादेशलाई पराजित गरेको छ । ५ वटा म्याच भने बराबरीमा टुंगिएको छ ।     


प्रतिक्रिया