साबा महिला बास्केटबलमा आज नेपालले भुटानको सामना गर्ने

रेडियो कान्तिपुर संवाददाता

आश्विन १२, २०७९ | काठमाडौं

माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले आज तेस्रो तथा अन्तिम खेलमा भुटानको सामना गर्दैछ । नेपाल र भुटानबीचको खेल अपरान्ह सवा ४ बजे सुरु हुनेछ । सदिना श्रेष्ठको कप्तानीमा रहेको नेपाल लगातार दोस्रो जित निकाल्ने योजनामा छ । 

भुटान भने पहिलो जितको खोजीमा हुनेछ । हिजोको खेलमा नेपालले श्रीलंकालाई ५५–४९ ले हराएको थियो भने पहिलो खेलमा नेपाल आयोजक माल्दिभ्ससँग ५१–४७ ले पराजित भएको थियो । चार राष्ट्र सहभागी प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।


प्रतिक्रिया