एन्फाको २१ सदस्यीय कार्यसमिति पूरा

रेडियो कान्तिपुर संवाददाता

आश्विन १२, २०७९

अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति सदस्यमा रुपेश अधिकारी र दीपेन्द्र धिमाल निर्वाचित भएका छन् । आज बसेको विशेष साधारणसभामा भएको पुन: निर्वाचनमा अधिकारीले ५४ मत र धिमालले ४७ मत प्राप्त गर्दै जितेका हुन् । 

प्रत्यासी लोकेन्द्र गुरुङले ४५ र दीपक थापाले ७ मत प्राप्त गरेका छन् । दुई सदस्य निर्वाचित भएसँगै एन्फाको २१ सदस्यीय कार्यसमिति पूरा भएको छ । यसअघिको निर्वाचनले पंकज विक्रम नेम्बाङ अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष र १३ सदस्य निर्वाचित गरेको थियो ।


प्रतिक्रिया