साबा महिला बास्केटबलमा नेपाल सामु भुटान पराजित

रेडियो कान्तिपुर संवाददाता

आश्विन १२, २०७९ | काठमाडौं

नेपालले माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसिपमा दोस्रो जित निकालेको छ । आज भएको खेलमा भुटानलाई ६५–२६ ले हराउँदै नेपालले दोस्रो जित निकालेको हो । यसअघि नेपालले हिजो श्रीलंकालाई ५५–४९ ले हराएको थियो । 

पहिलो खेलमा भने नेपाल आयोजक माल्दिभ्ससँग ५१–४७ ले स्तब्ध भएको थियो । भुटानको भने यो लगातार दोस्रो हार हो । भुटान यसअघि श्रीलंकासँग पराजित भएको थियो । चार राष्ट्र सहभागी प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ । यसैबीच, आजै राति साढे ८ बजे हुने अर्को खेलमा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ ।


प्रतिक्रिया