साबा महिला बास्केटबल च्याम्पियनसिपमा आज माल्दिभ्स र भुटान खेल्दै

रेडियो कान्तिपुर संवाददाता

आश्विन १३, २०७९ | काठमाडौं

साबा महिला बास्केटबल च्याम्पियनसिपमा आज माल्दिभ्स र भुटानबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई बीचको खेल राति साढे ८ बजे सुरु हुनेछ । आजको खेलबाट तेस्रो र चौंथो हुने टोलीको टुङ्गो लाग्ने छ । च्याम्पियनसिपको उपाधि भने श्रीलंकाले जितिसकेको छ । 

च्याम्पियनसिपको राउन्ड रोविन अन्तर्गत अन्तिम खेलमा माल्दिभ्सलाई ७२–५९ स्कोरले हराउँदै श्रीलंका च्याम्पियन बन्दा नेपाल भने उपविजेतामै सिमित बन्यो । माल्दिभ्ससँग पहिलो खेलमा ५१–४७ स्कोरले पराजित भएपनि नेपालले पछिल्ला दुई खेलमा जित निकालेको थियो । नेपालले श्रीलंकालाई ५५–४९ र भुटानलाई ६५–२६ स्कोरले पराजित गरेको थियो ।


प्रतिक्रिया