नवौं राष्ट्रिय खेलकुद:महिला बास्केटबलको उपाधी आर्मीलाई

कार्तिक २, २०७९ | तनहुँ

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला बास्केटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । तनहुँको व्यास नगरपालिका १ स्थित निर्मल माविमा आज भएको फाइनलमा आर्मीले बागमति प्रदेशलाई पराजित गर्दै उपाधि जितेको हो ।

नेपाल बास्केटबल संघका केन्द्रिय सचिव फणिन्द्रमान श्रेष्ठका अनुसार त्रिभुवन आर्मी क्लबले बागमति प्रदेशलाई ४५–३० अंकले पराजित गरेको हो । आर्मीले पहिलो क्वाटरमा १०–८, दोस्रो क्वाटरमा १४–७, तेस्रो क्वाटरमा ८–१२ र चौथो क्वाटरमा १३–३ अंक प्राप्त गरेको थियो । प्रथम हुने त्रिभुवन आर्मीको जीतमा प्रतिक्षा मगरले व्यक्तिगत सबैभन्दा बढी ११ अंक जोडेकी थिइन् । यस्तै, सुदुरपश्चिम प्रदेशलाई पराजित गर्दै गण्डकी प्रदेश तेस्रो भएको छ ।

त्यस्तै, थ्री बाइ थ्री महिला बास्केटबल प्रतियोगितामा पहिलो स्थान सशस्त्र प्रहरीले जितेको छ । सशस्त्र प्रहरीले आर्मीलाई ८–५ अंकले पराजित गर्दै प्रथम भएको हो । गण्डकी प्रदेशले बागमति प्रदेशलाई ११–७ अंकले पराजित गर्दै तेस्रो स्थान हात परेको छ ।  


प्रतिक्रिया