आगामी आर्थिक वर्षका लागि खेलकुदतर्फ ६ अर्ब ८ करोड बजेट

जेष्ठ १५, २०८२ | काठमाडौं
आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि अर्थमन्त्री विष्णु पौडेलले खेलकुदतर्फ ६ अर्ब ८ करोड बजेट विनियोजन भएको बताउनुभएको छ ।
यो बजेट आर्थिक वर्ष २०८१÷८२ को भन्दा २ करोड ५८ लाखले बढी हो । अघिल्लो आर्थिक वर्षमा युवा तथा खेलकुद क्षेत्रमा ३ अर्ब ५० करोड बजेट विनियोजन गरिएको थियो । अर्थमन्त्री पौडेलले खेल पूर्वाधारको निर्माणका लागि लगानी बढाउँदै लगिने उल्लेख गर्नुभएको छ ।
काठमाडौंको मूलपानी क्रिकेट रंगशाला, मोरङको गिरिजाप्रसाद कोइराला रंगशाला, कैलालीको फाप्ला क्रिकेट रंगशाला र रुपन्देशीको सिद्धार्थ क्रिकेट स्टेडियम निर्माणका लागि ४२ करोड विनियोजनन गरिएको छ ।
कीर्तिपुरमा रहेको टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतिका लागि ४० करोड बजेट विनियोजन गरिएको छ । सुर्खेतको वीरेन्द्रनगरमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न ५४ करोड विनियोजन गरिएको छ ।