पुरुष क्रिकेट टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा दक्षिण अफ्रिकाका निक पोथास नियुक्त

जेष्ठ १५, २०८२ | काठमाडौं

दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर निक पोथास नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय टोलीको स्कटल्याण्ड भ्रमणका लागि पोथासलाई कन्सल्ट्यान्ट प्रशिक्षकका रुपमा नियुक्त गरेको जनाएको छ ।

पोथासले वेस्ट इण्डिज तथा श्रीलंकाको अन्तरिम मुख्य प्रशिक्षकको जिम्मेवारी समेत पूरा गरि सकेका छन् । पोथास पछिल्लो समयमा बंगलादेश क्रिकेट टिमको सहायक मुख्य प्रशिक्षकको जिम्मेवारीमा रहेका थिए ।

नेपाली टोली हाल विश्वकप लिग टु को आफ्नो चौथो राउण्डको खेलका लागि स्कटल्याण्डमा रहेको छ । स्कटल्याण्ड भ्रमणका क्रममा नेपालले घरेलु टोली तथा नेदरल्याण्ड्सको सामना गर्नेछ । 


प्रतिक्रिया