पाँचौ सस्करणको बेलवारी गोल्डकप सुरु

कार्तिक १५, २०७९

पाँचौ सँस्करणको बेलवारी गोल्डकप फुटवल प्रतियोगिताको उद्घाटन खेलमा झापाको रोलीङ क्लव धुलावारीले विजयी सुरुवात गर्दै क्वाटर फाइनलको यात्रा तय गरेको छ । डाँगीहाट यूथ क्लबको आयोजनामा लक्ष्मीमार्ग खेल मैदानमा मंगलवार भएको उद्घाटन खेलमा झापाले पेम्वा यूथ क्लव विराटनगरलाई १–० गोलले पराजित गर्दै अन्तिम आठको यात्रा गरेको हो । झापाको कठिन जितमा रेजिन सुब्बाले खेलको ५१ औ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

खेलको ५ औं मिनेटमा विराटनगरका प्रकाश बुढाथोकीको फ्रि किक प्रहारमा झापाका गोलरक्षक दीप कार्की बाधक वने । २२ औ मिनेटमा उनकै प्रहारले पोस्टको दिशा लिएन । ४६ औ मिनेटमा सुदील राई वान भर्सेस वानमा गोल गर्न चुक्दा विराटनगरले खेलमा फर्कने अवसर गुमाएको थियो । ७१ औ मिनेटमा सुदीलकै प्रहार पोष्ट वाहिरीदा विराटनगरको क्वाटर फाइनल यात्रा टुंगीएको थियो । खेलको म्यान अफ दी म्याच झापाका गोलरक्षक दीप कार्की भए । उनले नगद ५ हजार रूपैयाँ पुरस्कार पाए हात पारे ।

विजेताले ८ लाख १ हजार र उपविजेताले ४ लाख १ हजार पुरस्कार पाउने उत्तरी मोरङको ग्रामिण क्षेत्रको यो प्रतियोगितामा तिन विदेशी सहित १० टिमको सहभागीता रहेको छ । प्रतियोगिताको दोस्रो खेल बुधवार भारतको एमएम एफ सी वेष्ट बंगाल र सिरहाको सहलेस युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।


प्रतिक्रिया