यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बाग्मतीको लगातार चौंथो जित

मंसिर १३, २०७९ | काठमाडौं

यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बाग्मती प्रदेशले लगातार चौंथो तथा प्रदेश १ ले दोस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णाली प्रदेशलाई ७ विकेटले पराजित गर्दै बाग्मतीले अपराजित यात्रालाई चार खेलसम्म निरन्तरता दिएको हो । 

१ सय ३१ रनको लक्ष्य बाग्मतीले ३० दशमलव १ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो । बाग्मतीका लागि अशोक पौडेल र लक्की कठायतले अर्धशतकिय इनिङ्स खेले । अशोकले ६४ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ५९ रन जोड्दा लक्कीले ९२ बलमा ८ चौका प्रहार गर्दै ५१ रनको शतकिय इनिङ्स खेले । 

कर्णालीका अनुज चनारा र दिनेश अधिकारीले एक/एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ थालेको कर्णालीले ३२ दशमलव २ अभोरमा अलआउट हुँदै १ सय ३० रन बनाएको थियो । जितसँगै बाग्मतीले ४ खेलबाट ८ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । ४ खेल खेलेको कर्णाली २ अंक सहित पाँचौ स्थानमा छ ।

उता, मुलपानी क्रिकेट मैदानमा मधेश प्रदेशलाई १० विकेटले पराजित गर्दै प्रदेश १ ले शानदार जित निकालेको छ । ७१ रनको झिनो लक्ष्य पछ्याएको प्रदेश १ ले १९ दशमलव २ ओभरमा एक विकेट पनि नगुमाई पुरा गर्‍यो । 

प्रदेश १ का सोनु अन्सारीले ४५ तथा शुभन गहतराजले २४ को योगदान गरे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेशले ३१ दशमलव ३ ओभरमा अलआउट हुँदै ७० रन बनाएको थियो । 

कुहिरोका कारण ढिलो गरि सुरु भएको खेल ४५ ओभरमा छोट्याइएको थियो । ४ खेल खेलेको प्रदेश १ को चारै अंक छ । प्रदेश १ अंक तालिकाको चौंथो स्थानमा छ । ३ खेल खेलेको मधेश अंकबिहिन बन्दै पुछारमा छ ।


प्रतिक्रिया