जापान, स्पेन, क्रोएसिया र मोरोक्को नकआउट चरणमा

रेडियो कान्तिपुर संवाददाता

मंसिर १६, २०७९

जापान, स्पेन, क्रोएसिया र मोरोक्को विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । एशियाली टोली जापानले स्पेन माथि २–१ गोल अन्तरको जित निकाल्दै अन्तिम १६ मा स्थान पक्का गरेको छ । समुह विजेता बनेको जापानले स्पेनले सुरुवाती अग्रता लिएको खेललाई उल्टाउंदै नकआउट चरण प्रवेश गरेको हो । स्पेनका लागी अल्भारो मोराटाले ११ औं मिनेटमा अग्रता दिलाए पनि दोश्रो हाफमा जापान खेलमा फर्किएको हो । जापानका लागी ४८ औं मिनेटमा रित्सु दोवान र एओ तनाकाले गोल गर्दै टोलीलाई जित दिलाएका हुन् । ग्रुप इ अन्तर्गतको स्पेन जापानसंगको हारका बाबजुद समुह उपविजेता बन्दै अन्तिम १६ मा पुग्न सफल भएको छ ।

समुह ई को गएरात्ी भएको अर्काे खेलमा कोष्टारिका माथि जर्मनीले ४–२ गोल अन्तरको जित निकालेको छ । जर्मनी जितका बाबजुद तेश्रो स्थानमा रहंदै विश्वकपबाट समुहचरणबाटै बाहिरिएको छ । कोष्टारिका पनि विश्वकपबाट बाहिरिएको छ ।

गएराती समुह एफ अन्तर्गत भएको खेलमा मोरोक्कोले क्यानडा माथि २–१ गोल अन्तरको जित निकाल्दै नकआउट चरण प्रवेश गरेको छ । क्यानडा माथिको जित संगै मोरोक्को समुह एफको शिर्ष टोली बन्न सफल भएको हो । क्यानडा विश्वकपबाट यसअघि नै बाहिरिसकेको थियो । समुह एफको अर्काे खेलमा क्रोयसियासंग गोल रहित बराबरी खेलेको बेल्जियम समुह चरणबाट बाहिरिएको छ । क्रोयसिया समुह उपविजेता बन्दै प्रिक्वाटरफाइनल प्रवेश गरेको हो । 


प्रतिक्रिया