प्रि-क्वाटरफाइनल चरणका अन्तिम दुई खेल आज

मंसिर २०, २०७९ | काठमाडौं

कतारमा जारी फिफा विश्वकप फुटबलमा आज राउण्ड अफ सिक्टिन अन्तर्गतका अन्तिम दुई खेलहरु हुँदैछन् । पहिलो खेलमा मोरक्को र स्पेनबीच प्रतिस्पर्धा हुनेछ । एजुकेसन सिटी स्टेडियममा हुने खेल राति पौने ९ बजे सुरु हुनेछ । मोरक्को समूह एफको विजेता र स्पेन समूह ईको उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका थिए । 

यस्तै राती पौने १ बजे हुने अर्को खेलमा पोर्चुगल र स्वीट्जरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । लुसिल स्टेडियममा दुबै टोली जित निकाल्दै अन्तिम आठमा पुग्ने योजनामा छन् । पोर्चुगल समूह एचको विजेता र स्वीट्जरल्यान्ड समूह जीको उपविजेता बन्दै नकआउट चरणमा पुगेको थियो । क्वाटरफाइनल चरणका खेलहरु भने आगामी शुक्रबारबाट सुरु हुनेछन् ।  


प्रतिक्रिया