आईसीसी विश्वकप : नामिबिया र नेपाल भिड्दै

रेडियो कान्तिपुर संवाददाता

मंसिर २१, २०७९

आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजका लागि नामिबिया भ्रमणमा रहेको नेपालले आज तेस्रो खेल खेल्दैछ । तेस्रो खेलमा नेपालले घरेलु राष्ट्र नामिबियासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र नामिबिया बीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउसो पौन २ बाट सुरु हुनेछ । 

यस सिरिजमा नेपाल, नामिबीया तथा स्कटल्याण्डको सहभागीता छ । नेपाल र नामिबिया तीन एकदिवसीय अन्तराष्ट्रियमा खेलेका छन् । दुई खेल नामिबियाले जितेको छ । एक खेल भने बर्षाका कारण नतिजा बिहिन भएको छ । यस सिरिजको पहिलो भेटमा नेपाल र नामिबिया बीचको खेल बर्षाले प्रभावित हुदा अंक बाडिएको थियो । 

यस सिरिजमा दुई खेल खेलेको नेपालले १ मा हार तथा १ मा खेल रद्ध भएको छ । नामिबियाले ३ खेल खेल्दा १ मा जित,१ मा हार र १ मा अंक बाडेको छ । ७ टोली सहभागी विश्वकप लिग टू मा नेपाल २२ खेलमा १८ अंक सहित छैठौं स्थानमा रहेको छ । नामिबिया भने २९ खेलमा ३५ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।


प्रतिक्रिया