पीएसजीसँग सम्झौता नवीकरण गर्न मेस्सी सहमत

पुस १०, २०७९

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीसँग सम्झौता नवीकरण गर्न सहमत भएका छन् । सन् २०२१ मा उनी बार्सिलोना छाडेर २ वर्षको सम्झौतासहित पीएसजी गएका थिए ।

 फ्रेन्च लिग वान क्लबसँग मेस्सीको सम्झौता २०२३ को जुनबाट सकिँदैछ । त्यसपछि पनि थप एक वर्ष क्लबमा रहने गरि सम्झौता नविकरण गर्न सहमति जनाएको बीबीसीले उल्लेख गरेको छ । मेस्सीले पीएसजीका लागि ५३ खेलमा २३ गोल गरिसकेका छन् । 

सात पटकको बालोन डी ओर विजेता मेस्सी विश्वकपको प्लेयर अफ द टुर्नामेन्ट घोषित भएका थिएका थिए । उनकै कप्तानीमा कतार विश्वकपमा अर्जेन्टिनाले उपाधि जितेको थियो । पछिल्लो समय मेस्सी बार्सिलोना फर्कने चर्चा समेत चलेको थियो । तर, त्यसका लागि बार्सिलोनाले कुनै छलफल अघि नबढाएको बीबीसीले जनाएको छ । 


प्रतिक्रिया