नवौं राष्ट्रिय खेलकुदमा पदक विजेता खेलाडी सम्मानित

पुस १९, २०७९ | इटहरी

प्रदेश एक खेलकुद विकास बोर्डले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।

बोर्डले मंगलवार इटहरीमा एक कार्यक्रम गर्दै प्रदेश एकबाट पदक जितेका ८६ जना खेलाडी, ६६ जना प्रशिक्षक र ४८ जना ब्यवस्थापकलाई नगद सहित सम्मान गरेको हो ।

कार्यक्रममा स्वर्ण पदक खेलाडीलाई जनही नगद एक लाख, रजत पदक बिजेतालाई ७५ हजार र कास्य पदक बिजेतालाई ५० हजार सहित सम्मान गरिएको हो ।

यस्तै प्रशिक्षकलाई नगद २५ हजार र ब्यवस्थापकलाई २० हजार सहित सम्मान गरिएको छ । पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश एकले १० स्वर्ण, २३ रजत र ५३ कास्य गरी ८६ पदकका साथ छैठौ स्थान हासिल गरेको थियो । 


प्रतिक्रिया