काराबाओ कप फुटबल : न्युकासल विजयी

माघ ११, २०७९

काराबाओ कप फुटबलको सेमिफाइनलको पहिलो लेगमा न्युकासल युनाइटेड विजयी भएको छ । न्युकासल युनाइटेडले साउथ ह्याम्प्टन माथि १–० गोल अन्तरले हराएको छ । 

खेलको ७३ औं मिनेटमा न्युकासलका लागी जोलिन्टनले गरेको गोल नै जितका लागी पर्याप्त भयो । खेलमा अधिकाशं समय बल पोशेसन आफ्नो पक्षमा पार्न सकेको न्युकासलले साउथह्याम्प्टनकै मैदानमा जित निकालेको हो । 

अव आगामि मंगलबार न्युकासलको मैदानमा हुने दोश्रो लेगको नतिजाले फाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ । अर्काे सेमिफाइनलमा नटिंघम फरेस्ट र म्यानचेटष्र युनाइटेडबीच आज पहिलो लेगमा प्रतिस्पर्धा हुनेछ । 


प्रतिक्रिया