एसियन अण्डर–२२ बक्सिङ्गः नेपालकी सुष्मा तामाङ फाइनलमा पाराजित

माघ ११, २०७९ | काठमाडौं
नेपाली महिला बक्सर सुष्मा तामाङ एसियन अण्डर–२२ बक्सिङ्ग च्याम्पियनसिपको फाइनलमा पराजित भएकी छन् ।
महिलातर्फ ४८ केजी तौल समूहमा उज्वेकिस्तानकी बक्सर फाजिलोभा फाजोनासँग ५–० अंकको आधारमा पराजित हुँदै सुष्माले रजत पदकमा चित्त बुझाइन् ।
रजतमै सीमित भएपनि सुस्माले नेपाली बक्सिङमा इतिहास भने रचिन् । एसियाली स्तरमा कुनै पनि नेपाली फाइनल पुगेको यो नै पहिलो पटक हो । यसअघि नेपाली बक्सर एसियन प्रतिस्योगिताको सेमिफाइनलभन्दा माथि पुग्न सकेका थिएनन् ।
प्रतियोगितामा फरक/फरक तौलसमूहमा तीन पुरुष र तीन महिला नेपाली खेलाडीले प्रतिस्पर्धा गरेका थिए । नेपालका अन्य तीन खेलाडी महिलातर्फ हुमा राई र त्रिशा जगेबु तथा पुरुषतर्फ विजय बाटाले कांस्य पदक जितेका छन् ।